Logo

सबै परीक्षहरू स्थगित गर्ने सरकारको निर्णय, विद्यालयहरू पनि बन्द



Spread the love

१३ बैशाख, काठमाडौं । सरकारले पूर्व निर्धारित सबै प्रकारका परिक्षाहरु अर्को आदेश नभएसम्मका लागि स्थगित गरेको छ ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र निर्देशक समितिको बैठकले पूर्व निर्धारित सबै प्रकारका परिक्षाहरु अर्को आदेश नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठन पाठन जारी राख्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्