Logo

ओली र नेपालबीच दोश्रो भेटवार्ता, होटलको झ्यालबाट धरहरा हेरे, मिलेन कुरा



Spread the love

९ बैशाख, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद मिलाउन आज पनि भेटवार्ता भएको छ । उनिहरूबीच आज दिउँसो राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।

भेटवार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै छलफल चलिरहे पनि ठोस प्रगति नभएको बताए । उनले बिहीबारको बैठक तिक्ततापूर्ण भएको प्रतिक्रिया समेत दिएका छन् । ‘कुनै प्रगति भएन। हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। म हिजो थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो, नेता नेपालले भने ।

नेताद्वयले उक्त होटलबाट निर्माण सम्पन्न हुँदै गरेको धरहरा नियालेका थिए । पार्टी विभाजनमा पुग्ने आशङ्का बढिरहेका बेला दुई शीर्ष नेताबीचको संवाद शुरु हुनुले कार्यकर्ता तहमा उत्साह पैदा भएको छ । नेता नेपालले बुधबार अध्यक्ष ओलीसँग भएको संवादबारे आफू निकटका नेतालाई आज ‘ब्रिफिङ’ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्