Logo

प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता



Spread the love

८ बैशाख, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ उनीहरूबीच काठमाडाैँको नक्सालमा रहेक मेरियट होटलमा भेटवार्ता भएको हो । उक्त भेटमा एमाले उपमहासचिव बिष्णु पौडेल पनि सहभागी रहेको बताइएको छ ।

संसद विघटनपछि गर्ने ओलीको निर्णयपछि ओली र नेपालको सम्बन्ध चिसिएको छ । उनीहरूबीच पछिल्लो भेट करीब १ महिनाअघि पार्टी कार्यालय धुम्बाराहीमा भएको थियो ।

अहिले ओलीले नेपाल पक्षका नेताहरूलाई धमाधम कारबाही गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्