Logo

वीष खुवाएर मारिएका कुकुरको मासु खाएर ५ दर्जन भन्दा बढी गिद्ध मरे



Spread the love

८ बैशाख, नवलपरासी । नवलपरासीमा एकैपटक ६० भन्दा बढी गिद्ध मरेका छन् । मंगलबार दिउँसोबाट अहिलेसम्म ५ दर्जनबढी गिद्धहरू मरेको रामग्राम नगरपालिका वडानम्बर ४का वडा अध्यक्ष मदन यादवले जानकारी दिएका छन् ।

अध्यक्ष यादवका अनुसार ती गिद्धहरू मरेको कुकुरको मासु खाएर मरेका हुन् । नवलपरासीको रामग्राम नगरपालिका वडानम्बर ४ स्थित एउटा चौरमा मंगलबार दिउँसोबाट गिद्धहरू मर्न थालेका हुन् ।

ती गिद्धहरू मरेको ठाउँमा तीन वटा कुकुर मरेको पाइएको छ । अध्यक्ष यादवका अनुसार ती कुकुरहरूलाई गाउँलेहरूले वीष खुवार मारेको पाइएको छ भने तीनै कुकुरको मासु खाएर ठूलो संख्यामा गिद्धहरू समेत मरेका छन् ।

कुकुरलाई कसले मार्यो भन्ने अझै पत्ता लागि नसकेको अध्यक्ष यादवले जानकारी दिएका छन् । अहिले मरेका गिद्धहरूलाई गाड्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्