Logo

मंगलबार देशभर कति थपिए कोरोना संक्रमित, कतिले जिते कोरोना ?, मृत्यु हुनेको संख्या कति ?



Spread the love

७ बैशाख, काठमाडाैँ । देशभर मंगलबार १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार ८७३८ जनाको कोरोना परीक्षण गर्दा १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार नै कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१०२ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

अहिलेसम्म देशभर २ लाख ८७ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये २ लाख ७५ हजार ८०६ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २५१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्