Logo

भारतबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण



Spread the love

७ बैशाख, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वराजा ज्ञानेन्द्र सहित उनकी पत्नी कोमल शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरू हरिद्वारमा गंगा स्नान गरी आइतबार स्वदेश फर्किएका थिए । त्यसपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतको हरिद्वारमा गंगा स्थान गरेका हजाराैँ मानिसहरूमा कोरोना संक्रमण पुष्टि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्