Logo

प्रदेश नं १ मा ५५ सङ्क्रमित थपिए



Spread the love

७ चैत, विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज ५५ कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १० महिला र १४ पुरुष छन् भने झापामा १७, सुनसरीमा तीन र प्रदेश नं १ बाहिरका छ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा हालसम्म कोरोना सङक्रमितको सङ्ख्या ३० हजार ७०२ पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९११ सङ्क्रमण मुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ३१९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२५ जनाको पिसीआर परीक्षण गर्दा २२ महिला र ३३ पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्