Logo

शहरी क्षेत्रका विद्यालयहरू बन्द गर्ने सरकारको निर्णय



Spread the love

६ बैशाख, काठमाडाैँ । शहरी क्षेत्रका विद्यालयहरू बन्द गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले शहरी क्षेत्रहरूका विद्यालय बन्द गरी अनलाइनमार्फत पठनपाठन सुरू गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित १४ जिल्लामा विद्यालय लगायत भिडभाड हुने क्षेत्रहरूमा उपस्थित नहुन अपील गरेको थियो ।

मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ

प्रतिक्रिया दिनुहोस्