Logo

आइसियुमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु



Spread the love

६ बैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकी ५१ वर्षीय महिलाको आइतबार उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी महिलाको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रसित रहेकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शनिबार अस्पताल भर्ना गराएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा सरोजरोशन दासले जानकारी दिए । अस्पताल भर्ना गराएकै दिन ती महिलाको पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आइसियुमा राखी उपचार हुँदै आएकामा आज मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्