Logo

मालिका माविमा अखिल क्रान्तिकारीको समिति गठन



Spread the love

कमल राज पुरी- गुल्मी,  माघ २९ ।

अखिल क्रान्तिकारी गुल्मी जिल्लाको १८ आै सम्मेलन नजिकीदै गर्दा अखिल क्रान्तिकारीले विद्यार्थी जागरण तथा सँगठन विस्तारलाई तिव्र रुपमा अगाडि वढाएको छ । यसै क्रममा हिजो २८ गते मालिका मा.वि सिमलटारीमा अखिल क्रान्तिकारीले विकल जिसीको नेतृत्वमा १९ सदस्य समिति गठन गरेको छ । अखिल क्रान्तिकारी गुल्मीका कोषाध्यक्ष राजन केसी र माआेवादी केन्द्र का नेता एकराज अर्यालको उपस्थितीमा समिति गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्