Logo

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक



Spread the love

३ बैशाख, काठमाडौं। विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ११ बजे ओलीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले प्रचण्डलाई फोन गरेर भोलिको सर्वदलीय बैठकमा उपस्थितिका लागि निम्तो दिनुभएको छ । “भोलि (शनिबार) बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक आह्वान भएको छ, त्यही सन्दर्भमा फोन गर्नुभएको हो,” उनले भने ।

समयसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो। संसदको हिउँदे अधिवेशन पनि अन्त्य गर्नुपर्ने बेला भएकाले सवै दलसँग छलफल गर्न लागिएको हो।

प्रतिनिधि सभा पुनःस्थापना पछि प्रधानमन्त्री ओलीले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्