Logo

विद्यालयमा आगलागी हुँदा २० जना बालबालिकाको मृत्यु



Spread the love

१ बैशाख, एजेन्सी । अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरूका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोमा परेर जलेको सामाचारमा बताइएको छ ।

स्थानीय समयअनुसार दिउँसो चार बजे उक्त आगलागी सुरु भएको थियो । परालबाट बनाइएको झुपडीमा रहेकाले आगो छिटै नै फैलिएको थियो । आगलागीको कारण परालबाट बनाइएको २१ झुपडी कक्षाहरु जलेका थिए ।

आगलागी सुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि, आगलागीको खास कारण थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्