Logo

अहिले लकडाउन हुँदैन : प्रधानमन्त्री ओली



१ बैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल लकडाउन नगर्ने बताएका हुन् ।

अहिले लकडाउन हुन्छ, भरै हुन्छ भन्ने हल्ला सुनिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले नेपालमा लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताए।

नयाँ वर्षका अवसरमा जनताका नाममा सम्बोधन गर्दै उनले भने, ‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन। तर विकसित देशहरू पनि लकडाउनमा जान बाध्य छन्। त्यसैले परिस्थितिलाई विग्रन नदिऔं, स्वास्थ्य मापदण्ड पालना गरौं।’

उनले आफूले लकडाउन गर्ने धम्की नदिएको बताए। धम्की दिने हैसियत आफूले नराख्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्