Logo

लडाइँको नयाँ-नयाँ तरिका सिक्दै सेना



Spread the love

१ बैशाख, काठमाडाैँ । नेपाली जनताले बाह्य दुश्मनसँग आफ्ना सेनासँगै मिलेर भिड्नुपर्ने दिन आउला, नआउला वा कहिले आउला ? कुनै टुंगो छैन । तर, सेनाचाहिँ जस्तोसुकै अवस्थाको निम्ति पनि तयारीको मानसिकताका साथ सामूहिक अभ्यासमा जुटिसकेको छ ।
सन् १९७५ मा ५८ हजार अमेरिकी सेनाको ज्यान जाने गरी भियतनाममा भएको युद्धमा झैँ जनतासँग मिलेर युद्ध गर्ने अभ्यासतर्फ अहिले नेपाली सेना अग्रसर भएको हो । नयाँ सुरक्षा नीतिअनुसार माटो सुहाउँदो संरचना खडा गर्ने काममा नेपाली सेना अग्रसर छ । ‘थ्री प्लस वन’ (तीन बराबर एक) को कमाण्ड बनाउने योजनाअनुसार विभिन्न तीन पृतना गाभेर एउटा–एउटा बनाउने कामको कागजी तयारी पूरा भएको छ । आउँदो आर्थिक वर्ष हुने बजेट विनियोजनलगत्तै त्यो योजना कार्यान्वयन पनि हुँदैछ । यस्तो गर्दा विद्यमान पृतना मुख्यालयको संरचनालाई कोशी, गण्डकी र कर्णालीमा परिणत गरिनेछ ।

यसअनुसार, मध्यपूर्वी पृतनाअन्तर्गत सिरहाको भिमानमा हेलिकोप्टर र हतियारको व्यापक संयोजन र जनतासँग मिलेर विदेशीसँग लडिने लडाइँको अभ्यास चलेको हो । भिमान, बर्दिबास आसपासका जंगलमा गतहप्ता नेपाली सेनाका चार हजार जनाले गुप्त अभ्यास गरेका छन् । यो रणनीतिअनुसार विदेशीसँग लडाइँ गर्नुपर्ने अवस्था आएमा हात–हतियार, बन्दोबस्तीका सामानदेखि सैनिक लडाकुसमेत जनताको बीचमा घुलमिल हुनुपर्छ । यो भनेको विदेशी फौजले सेना हुन् कि सर्वसाधारण पत्तो नपाउने गरी युद्धमा सामेल हुने नीति हो ।

आजकोजनआस्थासाप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्