Logo

घाँस काट्न गएका युवकको भिरबाट खसेर मृत्यु



Spread the love

२८ चैत, पर्वत। घाँस काट्न जाने क्रममा भिरबाट लडेर पर्वतको जलजला गाउँपालिका–७ का ३५ वर्षीय युवक मकरबहादुर केसीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार केसी आज करिब ९ बजेको समयमा घाँस काट्नका लागि घरबाट निस्किएका थिए । बिहानै घाँस काट्न निस्किएका उनी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा फेला पारेका हुन् ।

गाउँदेखि केहीपर वडा नं ७ मै पर्ने सल्यान भन्ने स्थानमा रहेको जङ्गलमा आगलागी भएपछि गाउँले आगो निभाउन जाने क्रममा भिरको डिलमा केसीको चप्पल देखेपछि खोजी गर्दा उनी मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । भिरबाट लडेपछि उनी करिब २०० मिटर तल पुगेको अवस्थामा शव निकालिएको र परीक्षणका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको पनि प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्