Logo

सर्वोच्चको अन्तरिम आदेश- ‘बिस्केट जात्रा नरोक्नु’



Spread the love

२५ चैत, काठमाडौँ । सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरूषोत्वम भण्डारीको एकल इजलासले जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो । चैत्र २८ गतेदेखि जात्रा सुरु हुँदैछ ।

चैत्र २२ गते भक्तपुर जिल्ला कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए । गत वर्ष पनि कोभिडका कारण जात्रा हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्