Logo

जर्जियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण



२५ चैत, एजेन्सी । जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।

उहाँको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उनि निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनि अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । उनले सेल्फ आइसोलेसनबाटै आफ्नो कामलाई भने निरन्तरता दिएको जनाइएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि प्रधानमन्त्रीले कुनै असहज महसुस नगरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जर्जियामा मङ्गलबार मात्रै उनिसँगै अरु ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्जियामा अहिलेसम्म दुई लाख ८४ हजार ९५८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्