Logo

प्रदेश प्रमुख अहिराजद्वारा ३२ औँ पटक रक्तदान



Spread the love

२४ चैत, काठमाडाैँ । प्रदेश नं २ का प्रमुख राजेश अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गरेका छन् । सोमबार उनले ३२ औँ पटक रक्तदान गरेका हुन् ।

“रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । म नियमित रक्तदाता भएकामा गर्व गर्दछु”, उनले भने । उनले विशेष गरी प्रदेश २ मा रक्तसञ्चार सेवा वृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुका साथै समुदाय केन्द्रित चेतना कार्यक्रम बढाउन देशभरिका रक्तसञ्चार केन्द्रलाई सुझाव दिएका थिए ।

सो अवसरमा प्रदेश प्रमुख झालाई सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रक्तदातापिन लगाइदिँदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराएका थिए । उनले भने, “रगतका अभाव हुन नदिन सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्