Logo

प्रचण्डलाई व्यंग्य गर्दै महेश बस्नेतले संसद भवनमा सुनाए यस्तो कविता !



Spread the love

२३ चैत, काठमाडाैँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले संसद भवनबाटै पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गरेका छन् । सोमबारको बैठकमा नेता बस्नेतले कवितामार्फत प्रचण्डमाथी व्यंग्य बाण प्रहार गरेका हुन् ।

सोमबार उनले सुनाएको कवितामा ओली सामू प्रचण्डको केही नलागेको कुरा उल्लेख गरिएको छ । बस्नेतले वाचन गरेको कवितामा चुनावको समयदेखि अहिलेको परिस्थितिसम्मको अवस्था समेटिएको छ ।

यस्तो छ उनले वाचन गरेको कविता

चुनाव अगाडि गठबन्धन बनाएँ

चुनाव जितेपछि एकीकरण गराएँ

सरकार बनाउँदा आधा कार्यकाल मागेँ

कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें

कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ

संसद विघटन गरेर परिवर्तनको घोषणा गरी निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा पर्‍यो भनेर कराएँ

प्रतिगमन भयो भनेर चिच्याएँ

आन्दोलन गराएँ

मिसन मिडिया चलाएँ

वकिल नागरिक समाज उचालेँ।

अदालत गुहारेँ

निर्वाचन आयोग धाएँ

माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ

सेटिङको हल्ला चलाएँ

संसदीय दलको नेता बनेँ,

अध्यक्ष घोषणा गरें

११ गतेको फैसलाले मख्ख परेँ,

लड्डु खाएँ, अवीर दलेँ

काँग्रेस र जसपाको अफिस धाएँ

नागरिक समाजको डबली धाएँ

२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ

विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ

अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ

नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ

प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन

अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ

नैतिकताका आधारमा राजीनामा दिनैपर्छ

लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने

प्रधानमन्त्रीको सिट खाली छ,

केपी ओलीका अगाडि मेरो केही लागेन

जसपा मानेन

काँग्रेस जागेन !

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्