Logo

देशभर कोरोनाको जोखिम बढ्दै : काठमाडाैँ छिर्ने नाकामा कडाइ हुने



Spread the love

२३ चैत, काठमाडाैँ । काठमाडाैँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ ।

काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार सम्बन्धित स्थानीय तहहरूलाई नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गराउन निर्देशन दिइएको छ ।

देशभर केही दिनदेखि कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सचेतना अपनाउन अपिल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्