Logo

नरैनापुरमा फेरी भिषण आगलागी, ५० भन्दा बढी घर जलेर नष्ट



Spread the love

२१ चैत, बाँके । बाँकेको नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा भिषण आगलागी हुँदा ५० वटा भन्दा बढी घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागीबाट गाउँका आधाभन्दा बढी घरमा क्षति पुगेको हो ।

आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ ।

नरैनापुर गाउँपालिका –६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए । यसअघि फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्