Logo

समर्थन फिर्ता लेऊ, राजीनामा आइहाल्छ नि : प्रधानमन्त्री ओली



Spread the love

२१ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा आफ्नो राजीनामा आउने बताएका छन् । शनिबार ६५ वटै निर्वाचन क्षेत्रको रणनीतिक सडक विस्तार शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले समर्थन फिर्ता लिएमा राजिनामा आउने उल्लेख गरेका हुन् ।

कार्यक्रममा बोल्दै ओलीले भने, ‘ए बाबा, हटाउ न त, समर्थन फिर्ता लिइदेऊ न त भन्छु, लिँदैनन्, अनि राजीनमा माग्छन्।’ उनले थपे, ‘पहिले समर्थन फिर्ता लेऊ, राजीनामा आइहाल्छ नि ।’

प्रधानमन्त्री ओलीले देशका लोकप्रीय समाचार पत्रहरूले पनि आफ्नो राजीनामा माग्ने समाचारलाई प्राथमिकता दिएको भन्दै व्यंग्य समेत गरेका छन् । ‘मेरो राजीनामा दिनैपिच्छे एक-एक वटाले मागेका हुन्छन्, त्यो अखबारले समाचार छाप्छ,’ उनले भने, ‘मेलम्चीको पानी आएको थाहा पाउँदैन।’

प्रतिक्रिया दिनुहोस्