Logo

अन्तर्राष्ट्रिय करातेमा पदक जित्ने सल्यानी खेलाडीहरुलाई युवा संजालको सम्मान



Spread the love

अखिल नेपाल कराते महासंघ को आयोजनामा माघ १५ र १६ गते काठमाडौंमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल सल्यानी खेलाडीहरुलाई सल्यानी युवा संजालले बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सम्मान कार्यक्रम सहिद पार्क, बागचौरमा राखिएको थियो । सम्मान कार्यक्रममा कराते प्रतियोगितामा पदक जित्न सफल ५ खेलाडी सहित प्रमुख प्रशिक्षक चित्र बहादुर रानालाई सम्मान गरेको थियो । पदक जित्न सफल खेलाडीहरु मध्य ४ जना बागचौर नगरपालिकाका छन् भने १ जना शारदा नगरपालिकाका छन् ।

सल्यान जिल्ला बागचौर नगरपालिका १० पिपलनेटा का चुडामणि के सी ‘मिशन’ १८ बर्ष माथिको सिनियर एकल कातामा दोस्रो स्थान ल्याउन सफल थिए । ११ बर्ष मुनि को जुनियर एकल कातामा बागचौर नगरपालिका ७ कोटबारका सन्जु बि.क प्रथम, १४ बर्ष मुनिको जुनियर ३० किलो ताैल समुह मा बागचौर नगरपालिका ७ कोटबार का सन्तोष बि.क प्रथम र शारदा नगरपालिका १२ काखखोलाका सुनिल खड्का दोस्रो र १५ बर्ष मुनिको जुनियर ३२ किलो ताैल समुहमा बागचौर नगरपालिका २ माथिल्लो चिलडाले का प्रकाश बि.क तेस्रो भएका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्