Logo

जुत्तामा लुकाएर आधा किलो सुन तस्करी, २ जना पक्राउ



Spread the love

२१ चैत, काठमाडाैँ । गैर कानुनी रूपमा सुन ल्याउँदै गरेको अवस्थामा त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ परेका छन् । दुवईबाट जुत्तामा सुन लुकाएर काठमाडौं आएका एक जनासहित दुई जनालाई प्रहरीले शुक्रबार विमानस्थलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३८ बर्षीय विष्णु भण्डारी र सुन रिसिभ गर्न गएका काभ्रेका कमल कृष्ण केसी रहेका छन् । दुबईबाट काठमाडौं आएका भण्डारीको साथबाट ५ सय १६ ग्राम सुन बरामद गरिएको विमास्थलमा खटिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी, काभ्रेका कमल कृष्ण केसी भने सुन लिन गएको अवस्थामा विमास्थलको पार्किङबाट पक्राउ परेको प्रहरीले उल्लेख गरेका छ । दुबईबाट काठमाडौं आएका भण्डारीको जुत्तामा लुकाएर उक्त सुन नेपालसम्म ल्याएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्