Logo

आमा बन्दै प्रियंका कार्की



Spread the love

२० चैत, काठमाडाैँ । अभिनेत्री प्रियंका कार्कीले आँफु आमा बन्न लागेको जानकारी दिएकी छन् । उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै आँफू गर्भवती भएको जानकारी दिएकी हुन् ।

उनले फेसबुकमा ‘अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ! हो, हामी गर्भवती छौं।’ भनेर लेख्दै श्रीमान आयुष्मान देशराज जोशी र आफ्नो फोटो शेयर गरेकी थिइन् ।

केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो । तर, अहिले भने प्रियंकाले यो कुरा स्वयंले नै पुष्टि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्