Logo

भोली माइतीघर मण्डलामा CSIT विद्यार्थीहरुको बृहत बिरोध सभा



Spread the love

माघ २६, काठमाडौं ।

सि.एस.आई.टि विधार्थी कमिटी (CSIT Student’s Committee) ले आज काठमाडौंको बानेश्वरमा बसेको दोस्रो बैठकबाट त्रिभुवन विश्वबिद्यालयको विज्ञान तथा प्रविधी संस्थान अध्ययन (Institute of Science and Technology, Tribhuwan University ) ले गरेको शुल्क निर्धारण सम्बन्धी विषयमा घोर आपत्ती जनाउदै सि.एस.आई.टि (CSIT) विद्यार्थीले भोग्नु परेका बिभिन्न विषयहरुमा छलफल भएको भोली माइती घर मण्डलामा CSIT विद्यार्थीहरुको बृहत बिरोध सभा रहेको आन्दोलनका सम्योजक विकास अर्यालले जनाकारी दिनुभयो ।

बिभिन्न भिन्न सि.एस.आई.टि कलेजहरुबाट प्रतीनिधी आएका थिए भने सि.एस.आई.टिका भिभिन्न समस्याहरुका समाधानका विषयहरुमा छलफल भएको थियो । बि.एस.सि.सि.एस.आई.टि(Bsc.csit) का बिभिन्न समस्याहरु जस्तै परिक्ष्या समयमै नहुने , रिजल्ट समयमै नआउने, ४ वर्षे कोर्स सकाउन ५ वर्ष लाग्ने, ब्याक इक्जाम समयमै नहुने १ वर्ष कुर्नु पर्ने, त्रिभुवन विश्वबिद्यालयले भिभिन्न कलेजहरुलाई CSIT Affiliation मनपरी दिइरहेको, र भर्खरै त्रिभुवन विश्वबिद्यालयले TU Registration Form मा मनपरी शुल्क निर्धारण १५० प्रतिशतले बढाएको र विद्यार्थी हरुलाई प्रत्यक्ष मार परेकोले बैठक आयोजना गरिएको स्वास्तिक कलेजबाट ॐ प्रकाश ठाकुरले जानकारी दिनु भयो ।

भोलिको कार्यक्रमबाट यदीका मागहरु सम्बोधन नभएमा CSIT विद्यार्थीहरुको केहि दिनमै बृहत शान्तीपुर्ण आन्दोलन हुने, आन्दोलनमा माइती घर मण्डलाबाट त्रिभुवन विश्वबिद्यालयको र्याली गरिने र विज्ञान तथा प्रविधी संस्थान अध्ययन (Institute of Science and Technology, Tribhuwan University) मा यस विषयमा वार्ता गरिने र सम्पुर्ण  बि.एस.सि.सि.एस.आई.टि(Bsc.csit) का विधार्थीहरुलाई उक्त महाअभियानमा आएर सहभागी भइदिन मदन भण्डारी कलेजका प्रतीनिधी शिशिर श्रेष्ठले अनुरोध समेत गर्नुभयो ।

आन्दोलनमा २५ कलेजहरुका ५०० भन्दा बढी विद्यार्थीहरु आउने र ३ दिन भित्रमामागहरु सुनुवाई नभए शान्तीपुर्ण ढङ्गमै पुनह आन्दोलनका कार्यक्रमहरु गर्दै जाने  आन्दोलनका सम्योजक विकास अर्यालले जनाकारी दिनुभयो । भोलिको विरोध सभा ८ बजे देखी ९:३० सम्म गरिने र राष्ट्रीय झान्डा सहित प्ले कार्ड बाट आफ्ना समस्याहरु व्यक्त गरिने पनि उहाले जानाकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्