Logo

तत्काल माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने



Spread the love

१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल औपचारिक रूपमा फिर्ता नगर्ने भएको छ ।

बिहीबार बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले अझै दुई-तीन दिन समर्थन फिर्ता नलिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पाटी) (जसपा)लाई सरकारलाई समर्थन गर्ने वा अविश्वासको प्रस्ताव राख्ने भन्ने निर्णय गर्न पनि उनले अपिल गरे ।

‘संसद् विघटनको प्रतिगामी कदम चाल्ने सरकार सर्वोच्चको फैसलापछि नैतिक हिसाबमा पनि जानुपर्थ्यो र नेपालको राजनीतिलाई सही ढंगले अगाडि बढाउन नयाँ सरकार गठन गर्नुपथ्र्यो,’ श्रेष्ठले भने, ‘प्राविधिक पत्र नपठाए पनि यो सरकारलाई हाम्रो समर्थन रहँदैन ।’

सर्वोच्चले २३ फागुनमा नेकपाको एकीकरण गर्ने निर्णय बदर गरेपछि एमाले र माओवादी केन्द्र अलग भएका छन्। त्यसयता सरकारलाई दिएको समर्थन फिर्ता लिन कार्यकर्ताले माओवादी नेतृत्वलाई दबाब दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्