Logo

‘अप्रिल फूल’ अर्थात ‘मुर्ख दिवस’ किन मनाइन्छ ? कहाँबाट सुरु भयो !



Spread the love

काठमाडौं । अप्रिल फुल प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा मनाइन्छ। नेपालीमा ‘फुल’लाई “मूर्ख” भनिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।

पहिला पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो ! मानिसहरु जनवरी १ लाई होइन अप्रिल १ लाइ नै ‘न्यु एअर इभ’ मान्दथे । पछि केही बुज्रूकले आन्दोलन गरे र जनवरी लाई पहिलो महिना माने र ति पहिलाको जस्तै अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूको नै ब्यङ्ग्य गर्न लागे र अप्रिल फुलको सुरूवात भयो ।

केही रिपोर्टमा अप्रिल फूल १३९२ मा सुरु भएको बताइएको छ । तर यसको पनि कुनै स्पष्ट प्रमाण छैन । केही रिपोर्टमा १५०८ मा एक फ्रेन्च कविले एक प्वाइजन डि एभरिल को सन्दर्भ दिएका थिए । १५३९ मा फ्लेमिश कवि डे डेनेले एक धनी व्यक्तिको बारेमा लेखे जसले १ अप्रिलका दिन आफ्ना सेवकहरुलाई मूर्खतापूर्ण कार्य गर्नको लागि पठाएका थिए ।

केही इतिहासकारका अनुसार प्राचीन रोममा यस प्रकारको एक पर्व मनाइन्थ्यो । यसको नाम हिलारिया थियो र यो मार्च अन्तिम हप्तामा मनाइन्थ्यो । पूरै बेलायतमा अप्रिल फूल १८ औं शताब्दीदेखि लोकप्रिय भयो । स्कटल्याण्डमा एक परम्परा नै बन्यो । यहाँ यसलाई २ दिन मनाइन्थ्यो । सो क्रममा मानिसहरुलाई मुर्ख बनाइन्थ्यो ।

आधुनिक समयमा अप्रिल फूलका दिन प्य्रांकसँगै अफवाह पनि फैलाउन थालियो । यस्तो अफवाह फैलाउन पत्रिका, रेडियो, टेलिभिजन स्टेशन समेत सक्रिय थिए । यो दिन सञ्चार माध्यममार्फत हुँदै नभएका घटना प्रशारण गरेर दर्शक र स्रोतलाई मुर्ख बनाइन्यो ।
१९५७ मा बीबीसीले फर्जी समाचार प्रशारण गरेको थियो ।

बीबीसीले स्विट्जरल्याण्डमा स्फगेटीको बंपर बाली भएको समाचार प्रशारण गरेको थियो । मानिसहरुलाई मुर्ख बनाउनका लागि टेलिभिजनमा यस्ता नभएका दृष्य देखाइयो र मानिसले त्यसलाई विश्वास गरे । यस्ता समाचार १९८५, १९९६ र १९९८ मा पनि देखाइयो । मानिसले त्यसलाई विश्वास गरे अनि मुर्ख बने ।

१९ औं शताब्दीमा भारतमा मूर्ख दिवस मनाउने प्रचलन बढेपछि त्यहीँबाट यो संस्कृति नेपाल भित्रिएको मानिन्छ । यो दिवस मनाउने चलन पनि विभिन्न ठाउामा फरक छ । फ्रान्स, इटली, बेल्जियममा कागजको माछा बनाएर मानिसहरुको पछाडि टाँसिन्छ । इरानमा फरसी नववर्षको १३ औं दिन एक अर्काको मजाक उडाइन्छ । यो दिन १ वा २ अप्रिलमा पर्छ । डेनमार्कमा १ मेका दिन मूर्ख दिवस मनाइन्छ । स्पेनिश भाषा बोल्ने देशमा २८ डिसेम्बरका दिन अप्रिल फूल मनाइन्छ जसलाई डे अफ होली इनोसेन्ट्स भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्