Logo

हराएका सात बालिका भेटिए



Spread the love

१८ चैत, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–८, धरमपुरमा मंगलबार घाँस काट्न जाँदा हराएका ७ बालिका/किशोरी फेला परेका छन्।

आज बिहान उनीहरु भारतको सितामढीमा फेला परिएको जानकारी आएको हो। ‘हामीलाई पनि भेटिएको जानकारी आएको छ। हाम्रो टोली त्यसतर्फ लागिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्याले भने।

मंगलबार दिउँसो घाँस काट्न गएका बेला सम्पर्कविहीन बनेका स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान,  १२ वर्षीया रञ्जना पासवान,  १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान भारतमा भेटिएका हुन्।

तर घटनाबारे अनुसन्धान गरेर नेपाल प्रहरी तथा सम्बन्धित परिवारलाई उनीहरू जिम्मा लगाउने प्रक्रिया चलिरहेको भारतीय प्रहरीले जनाएको छ।

घाँस काट्न गएका ५ किशोरीसहित ७ जना बेपत्ता

प्रतिक्रिया दिनुहोस्