Logo

दिनभरीको नरसंहारपछि सैनिक कमाण्डरहरूको भव्य पार्टी



Spread the love

१६ चैत, काठमाडाैँ । म्यानमारमा सैनिकले सत्ता कब्जा गरेपछि प्रतिदिन विरोध प्रदर्शन भइरहेका छन् । सोही क्रम शनिबार पनि दोहोरियो, प्रदर्शनकारीमाथि सेनाले गोली वर्षाउँदा एकैदिन १०० जना भन्दा धेरैको मृत्यु भयो ।

अहिले म्यानमारमा भएको नरसंहारको चाैतर्फी विरोध भइरहेको छ । अमेरिकाले म्यानमारमा सैनिकले देखाएको दम्भलाई ‘आतंकवाद’को संज्ञा दिएको छ ।

तर, दिनभरीको नरसंहारपछि भने म्यानमारका उच्च सैनिक कमाण्डर भव्य पार्टीमा देखिएका छन् । म्यानमारमा सशस्त्र शक्ति दिवसको अवसरमा गरिएको पार्टीमा कुका नेतृत्व कर्ता मिंग आङ ह्लांग समेत देखिएका छन् ।

आइतबार अन्तिम संस्कारमा सहभागी भएका मानिसहरूमाथि पनि सेनाले गोली वर्षाएको थियो । सेनाले कु गरेपछिका २ महिनामा म्यानमारमा ४०० जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्