Logo

झा दम्पती हत्या : बाकसभित्र दाउरामा मट्टितेल हालेर शव जलाइयो



Spread the love

१६ चैत, काठमाडाैँ । मुसाफिर दम्पतीको शव बिहीबार बोराभित्र हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो । शव भेटाउन प्रहरीलाई महिना दिन लागेको थियो । गत फागुन १० गते रातिको खाना खाएर मुसाफिर झा र उनी श्रीमती गीता देवी अलग–अलगत कोठामा आराम गर्दै थिए ।

उनका बुहारी अंशु र उषा पनि छोराछोरी लिएर आफ्नो कोठामा गइन् । त्यहीबेला अपराधी गिरोहले ओछ्यानमै वृद्ध झा दम्पतीको धारिलो हतियारले हत्या गरे ।

ओछ्यानसहित झा दम्पतीको शव बाकसमा लुकाएर बेपत्ता पारे । टिनको बाकसभित्र दाउरामा मट्टितेल हालेर जलाए । तर, शव जलेन । त्यसपछि बोरामा हालेर गाउँ नजिकै खाल्टो खेर शब पुरियो । शव कुहाउन नुन हाले । मुसाफिर दम्पतीको घटना लुकाउन अपराधीले महिना दिनसम्म प्रयास गरे । तर, उनीहरुको पोल प्रहरी खोल्न सफल भएको छ ।

कैलाशको घर पछाडि मृतक झा दम्पतीको घरबाट हराएको कपडा, बेड आधा जलेको अवस्थामा फेला परेको छ । हत्या गरेर केही समय टिनको बाकसमा शव राखेर लुकाइएको थियो । पछि शवलाई शवलाई जलाउन खोजेको देखिन्छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्