Logo

मलाई घोक्र्याएर पार्टीमा फर्काइयो :माधव नेपाल



Spread the love

१४ चैत, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई जबर्जस्तीमा पार्टीमा फर्काइएको टिप्पणी गरेका छन् । नेता नेपालले शनिबार बृहत् नागरिक आन्दोलनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गरेका हुन् ।

उनले आफूलाई जबर्जस्तीमा पार्टीमा फर्काइए पनि आफूलाई पार्टीमा बस्न अप्ठ्यारो लागेको समेत बताएका छन् ।

‘दुःखका साथ भन्नुपर्छ, अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाईंरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु त्यही पार्टीमा मलाई फेरी सर्वोच्च अदालतले घोक्रयाएर पठाइदिएको छ’ तर त्यसबाट आफू नडराउने प्रष्ट पार्दै उनले भने ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । पार्टी भित्रको कुरा डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरी अर्को आरोप लाग्ला त्यसपछि कुन दिन मलाई घोक्रयाएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । तर त्यस्ता कुराबाट डराउनेवाला माधव नेपाल होइन ।’

उहाँले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताउनुभयो । उनले भने ‘महन्तजीको र मिनेन्द्रजीको दया कृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’

प्रतिक्रिया दिनुहोस्