Logo

CSIT विधार्थीहरुले त्रि.वि. लापर्वाहीका विरुद्द बृहत शान्तिपुर्ण आन्दोलन गर्ने



Spread the love

काठमाडौं- सल्लेरी खबर । माघ २५, २०७४ ।

सि.एस.आई.टि विधार्थी कमिटी (CSIT Student’s Committee) ले आज काठमाडौंको बानेश्वरमा बसेको बैठकबाट त्रिभुवन विश्वबिद्यालयको विज्ञान तथा प्रविधी संस्थान अध्ययन (Institute of Science and Technology, Tribhuwan University ) ले गरेको शुल्क निर्धारण सम्बन्धी विषयमा घोर आपत्ती जनाउदै सि.एस.आई.टि(CSIT) विद्यार्थीले भोग्नु परेका बिभिन्न विषयहरुमा छलफल भएको  र आगामी दिनहरुमा के कसरी अघी बढ्ने भनेर बिभिन्न निर्णयहरु गर्दै बैठक फेरी भोली आयोजना गरिएको उक्त कमिटीका एक अगुवा न्यु समिट कलेजका विकास अर्यालले जानकारी दिनुभयो ।

बैठकमा काठमाडौंका बिभिन्न भिन्न सि.एस.आई.टि कलेजहरुबाट प्रतीनिधी आएका थिए भने सि.एस.आई.टिका भिभिन्न समस्याहरुका समाधानका विषयहरुमा छलफल भएको थियो । बि.एस.सि.सि.एस.आई.टि(Bsc.csit) का बिभिन्न समस्याहरु जस्तै परिक्ष्या समयमै नहुने , रिजल्ट समयमै नआउने, ४ वर्षे कोर्स सकाउन ५ वर्ष लाग्ने, ब्याक इक्जाम समयमै नहुने १ वर्ष कुर्नु पर्ने, त्रिभुवन विश्वबिद्यालयले भिभिन्न कलेजहरुलाई CSIT Affiliation मनपरी दिइरहेको, र भर्खरै त्रिभुवन विश्वबिद्यालयले TU Registration Form मा मनपरी शुल्क निर्धारण १५० प्रतिशतले बढाएको र विद्यार्थी हरुलाई प्रत्यक्ष मार परेकोले बैठक आयोजना गरिएको स्वास्तिक कलेजबाट ॐ प्रकाश ठाकुरले जानकारी दिनु भयो ।

बैठकले  CSIT Association of Nepal को लिडमा केहि दिनमै बृहत शान्तीपुर्ण आन्दोलन हुने , आन्दोलनमा माइती घर मण्डलाबाट त्रिभुवन विश्वबिद्यालयको र्याली गरिने र विज्ञान तथा प्रविधी संस्थान अध्ययन (Institute of Science and Technology, Tribhuwan University) मा यस विषयमा वार्ता गरिने र सम्पुर्ण  बि.एस.सि.सि.एस.आई.टि(Bsc.csit) का विधार्थीहरुलाई उक्त महाअभियानमा आएर सहभागी भइदिन मदन भण्डारी कलेजका प्रतीनिधी शिशिर श्रेष्ठले अनुरोध समेत गर्नुभयो ।

बैठकमा नारायण घिमिरे सगरमाथा कलेजबाट, सुर्य राज बिष्ट टेक्सास कलेजबाट , स्वस्तिक लम्साल टृणिटी कलेजबाट, अपिल भण्डारी र भरत राज के.सी. पाटन कलेजबाट , शिशिर घिमिरे र गोपाल पोख्रेल अस्कल कलेजबाट गरी ११ जना सहभागीहरु थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्