Logo

इन्टरनेटमा छोरीको अश्लिल भिडियो भाइरल भएपछि आमाछोरीद्वारा आत्महत्या



Spread the love

१३ चैत, एजेन्सी । इन्टरनेटमा २२ वर्षीया छोरीको अश्लिल भिडियो भाइरल भएपछि ४० वर्षकी आमा र उनकी छोरीले आत्महत्या गरेका छन् । छोरीको अश्लिल भिडियो भाइरल भएपछि बुधबार भारतको गोन्डा जिल्लामा आमा छोरीले आत्महत्या गरेका हुन् ।

भारतीय प्रहरीका अनुसार इन्टरनेटमा भाइरल भएको छोरीको भिडियोले गर्दा उनीहरू तनावमा पुगेका थिए । ती आमाछोरीले गोन्डाको नग्रसेन गाउँमा भएको हो ।

एक जना गाउँलेका अनुसार भाइरल भएको भिडियोमा भएकी युवती विवाहित थिइन् । विवाहीत महिलालाई पूर्व प्रेमीले लगातार दुर्व्यवहार गरिरहेका थिए । प्रहरीले यी दुर्व्यवहार गर्ने व्यक्ति सत्यम रहेको पुष्टि भएको छ ।

प्रहरीका अनुसार अभियुक्तले ती युवतीको अश्लिल भिडियो उनका श्रीमानलाई पठाए र इन्टरनेटमा भाइरल बनाइदिए ।

भिडियो भाइरल भएपछि बिहीबारको दिन आमाछोरी दिनभर बाहिर निस्किएनन् । त्यसपछि गाउँलेहरूले घरमा हेर्दा झुण्डिरहेको अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार अभियुक्तले मृतक युवतीलार्इ विवाह पहिलेको सम्बन्धबारे सबै बताइदिने भन्दै धम्क्याइरहेका थिए । सत्यमले युवतीलाई प्रेम सम्बन्धको बेला बनाएको भिडियो दखाउँदै उनीसँगै बस्न भन्दै ब्ल्याकमेल गरेका थिए । तर, पिडीतले सत्यमको कुरा अस्वीकार गरेपछि उनले भिडियो भाइरल बनाइदिए ।

प्रतिक्रिया दिनुहोस्