Logo

कोरोनाको भ्याक्सिन लगाएका थप २ जनाको मृत्यु, ९ जनाको अनुहार प्यारालाइसिस



Spread the love

१३ चैत, एजेन्सी । हङकङमा कोरोना भाइरसको खोप लगाएका थप २ जनाको मृत्यु भएको छ । हङकङका स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार थप २ जनाको भ्याक्सिन लगाएपछि मृत्यु भएको हो ।

त्यस्तै, स्वास्थ्य अधिकारीहरूले हङकङमा खोप लगाएकाहरूमध्ये ९ जनाको अनुहार प्यारालाइसिस ‘फेसियल प्यारालाइसिस’ भएको समेत बताएका छन् । सिनोभ्याकको भ्याक्सिन लगाएका ११ जना मध्ये ९ जनामा फेसियल प्यारालाइसिसको समस्या देखिएको हो ।

यसबारे थप अनुसन्धान भइरहेको त्यहाँको नियामक निकायले उल्लेख गरेको छ ।

पछिल्लो समय ६० वर्षीया पुरूष र ८० वर्षीया महिलाको मृत्यु भएको छ । उनीहरूले मार्च २ तारिखमा चीनमा बनेको सिनोभ्याक भ्याक्सिन लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्