Logo

बले र आँचल शर्माको ब्रेकअफ (भिडियो)



Spread the love

१२ चैत, काठमाडाैँ । ७ महिनाअघि सार्वजनिक भएपछि चर्चित भएको गीत ‘माया गराैँला’को दोश्रो गीत सार्वजनिक भएको छ । बिहीबार युट्युबमार्फत ‘माया गरौंला २ (ब्रेक अप)’ रिलिज भएको हो ।

किरण भुजेल र समीक्षा अधिकारीको स्वर रहेको गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजले संगीत भरेका छन् ।

पुष्प खड्का, वर्षा राउत, सागर लम्साल ‘बले’ र आँचल शर्माले गीतको भिडियोमा अभिनय गरेका छन् ।

भिडियोमा झगडा परेपछि बलेले आँचलसँग र पुष्पले वर्षासँग ब्रेक अप मागेको छन् ।

भिडियोलाई नवराज उप्रेती र उनको टिमले खिचेको भिडियोलाई सुवर्ण दुलालले सम्पादन गरेका हुन् भने भिडियोका निर्देशक सरोज ओली हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्