Logo

बुहारीलाई जिउँदै आगो लगाउने व्यक्ति ७ वर्षपछि पक्राउ



Spread the love

११ चैत, बाँके । बाँकेमा दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै बुहारी मार्न खोज्ने ससुरा सात वर्षपछि आज पक्राउ परेका छन् । जिल्लाको नरैनापुर गाउँपालिका–२ की २३ वर्षीया बुहारी रिहाना ढपालीलाई दाइजोको निहुँमा आगो लगाउने ७५ वर्षीय ससुरा हनिफ शेष ढपाली सात वर्षपछि पक्राउ परेका हुन् ।

हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासू शजहाद खाँले २०७० चैत २ गते राति रिहानालाई दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए । उक्त घटनापछि लामो समयसम्म फरार रहेका उनीहरू नरैनापुर–१ सुइयास्थित एक घरमा रहेको सूचनाका आधारमा ससुरालाई पक्राउ गर्न प्रहरी सफल भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो । घटनामा संलग्न रिहानाका श्रीमान् र सासू भने फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्