Logo

उद्योगपति राजेशकुमार अग्रवाल एमालेमा प्रवेश



Spread the love

१० चैत, काठमाडाैँ । नेकपा (एमाले)मा उद्योगपति राजेशकुमार अग्रवाल प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरेका थिए । प्रधानमन्त्रीले स्वागतपश्चात् पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे । भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धकसमेत हुन् । लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उनि हाल नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य पनि हुन् ।

आफू यसअघि कुनै राजनीतिक दलसँग आबद्ध नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहेले उनको पार्टी एमालेमा प्रवेश गरेको बताए । “प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ”, उनले भने । केही दिनअघिमात्र किशोर प्रधानको नेतृत्वमा १०० बढी उद्योग व्यवसायी एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्