Logo

पठाओ राइडरहरूलाई यस्तो निर्देशन



Spread the love

१० चैत, काठमाडाैँ । पठाओ राइडरहरूलाई कम्पनीको लोगो भएको कुनै पनि कपडाहरू नलगाउन निर्देशन दिइएको छ ।

कम्पनीले कोभिड कालमा स्वास्थ्य सुरक्षाका लागि आवश्यक प्रोटोकलको रुपमा कम्पनीले राइडरहरुलाई कम्पनीको लोगो अंकित पीपीईको ज्याकेट, ट्राउजर वितरण गरेकोमा अहिले त्यसैले समस्या निम्तिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म उक्त कपडा नलगाउन राइडरहरुलाई निर्देशन दिएको हो ।

पछिल्लो समय अनलाइन प्लेटफर्ममा राइडरहरूले अफलाइन भएर नै सेवा सञ्चालन गरेपछि ट्याक्सी चालकहरूसँग विवाद भएको थियो । सो विवादपछि पठाओ सञ्चालन हुन नदिने बताएको थियो ।

तर, कम्पनीले विज्ञप्ती जारी गर्दै पठाओ सेवा भने निरन्तर सञ्चालन हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्