Logo

चकलेटको लोभ देखाएर १० दिनमा ८ जना बालिकालाई बलात्कार



Spread the love

१० चैत, एजेन्सी । चकलेटको लोभ देखाएर १० दिनमा ८ जना बालिकामाथि बलात्कार गर्ने पुरूषलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतको लखिसरायको कजरा गाउँका ५ देखि ७ वर्षका बालिकाहरूमाथि चकलेटको लोभ देखाएर बलात्कार गरेको भन्दै ५० वर्षीय पुरूषलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका व्यक्तिको मानसिक अवस्थाको जाँच समेत भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सोमबार २ जना बालिकाको स्वास्थ्यमा गडबढी देखिएपछि प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो । बालिकाहरूलाई पुरूषले के गर्दैछन् भन्ने समेत थाहा नभएको प्रहरीले उल्लेख गरेको छ ।

२० मार्चमा पनि उनले २ जना बालिकामाथि बलात्कार गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती व्यक्तिले मार्च १० तारिखदेखि २० तारिकसम्ममा ८ जना बालिकालाई बलात्कार गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्