Logo

भोलीदेखि पठाओ चल्न नदिइने



Spread the love

१० चैत, काठमाडाैँ । बुधबारदेखि उपत्यकाका सडकमा राइड शेयरिङ एप पठाओका राइडरहरूलाई चल्न नदिइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना भएको भन्दै बुधबारबाट पठाओका राइडरहरूलाई चल्न नदिने बताएको छ ।

पछिल्लो समय पठाओका राइडर र ट्याक्सी चालकहरूबीच विवाद भइरहेको छ । सोमबारमात्रै बालाजुमा पनि राइडर र ट्याक्सी चालकहरूबीच ठूलै विवाद भएको थियो । सो विवादपछि ट्राफिक प्रहरीले भोलीबाट राइडरहरू देखिए कारबाही गर्ने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्