Logo

सलमान खान नेपाल टुरका लागि उत्साहित, फेसबुकमा लेखे यस्तो स्टाटस



Spread the love

‘दबंग ब्वाई’ सलमान खान नेपाल टुरका लागि उत्साहित भएका छन् ।उनले आफ्नो फेसबुक पेजमार्फत ‘दवंग द टुर नेपाल’को पोस्टरसहित त्यस्तै स्टाटस लेखेका छन् ।केही समयअघि मात्र उनले ‘नेपाल अब हाम्रो स्वागत गर्ने होइन ?’ आशयको स्टाटस लेखेपछि त्यसमा कमेन्टको ओइरो लागेको छ । यसो भन्दै, ‘वेलकम टु नेपाल ।’

उनी सांगीतिक प्रस्तुतीको मेलोमेसोमा आफ्नो टिम सहित नेपाल आउन लागेका हुन् । यो उनको दोस्रो नेपाल टुर हो । यसअघि उनी सन् १९९४ मा नेपाल आएका थिए । तर, फरक सिलसिलामा ।

यसपाली चाहि उनले नेपालीलाई मनोरञ्जन दिलाउनेछन् । आउँदो मार्च ९ को बिहान उनले त्रिभूवन अन्तर्राट्रिय विमानस्थलमा उत्रनेछन् । तीन दिनको बसाईमा उनले एक भव्य सांगीतिक कार्यक्रम पेश गर्नेछन् ।

कार्यक्रममा सलमानसँगै अभिनेत्री सोनाक्षी सिन्हा, प्रभु देवा, डेजी शाह, कृति सेनोन,मिड बोस आउनेछन् । यसको मेलोमेसो भने ओडीसी इन्टरटेनमेन्टले गरेको हो । सलमान टोलीले फागुन २६ मा काठमाडौंको टुडिखेलमा सांगीतिक माहौल बनाउनेछन् । मध्यन्ह १२ बजेदेखि टुडिखेलको गेट खुल्नेछ भने सलमान चाहि साँझ ६ बजे स्टेजमा उक्लनेछन् । 

प्रतिक्रिया दिनुहोस्