Logo

काट्न लागिएको सुँगुरलाई महिलाले बचाइन्, सुँगुरले ४ वर्षमा ८० लाख रुपैयाँ कमाइदियो



Spread the love

९ चैत, एजेन्सी । मार्न लागेको ठाउँबाट बचाएको एउटा सुँगुरले आफ्नो ज्यान बचाउने महिलालाई मालामाल बनाइदिएको छ ।

४ वर्षअघि काट्नका लागि हुर्काइँदै गरेको ठाउँबाट एक जना महिलाले सुँगुर किनेकी थिइन् । सोही सुँगुरले अहिलेसम्म ५० हजार पाउण्ड अर्थात् ८० लाख कमाइसकेको छ ।

ती महिलाले किनेर ल्याएको सुँगुर अहिले चित्रकार भएको छ । उक्त सुँगुरले क्यानभासमा चित्रबनाउँछ । उसले बनाएको चित्र मोटो रकममा बिक्री समेत हुन्छन् ।

पछिल्लो समय सोही सुँगुरले बनाएको पेन्टिङ २ हजार ३५० पाउण्डमा बिक्री भएको छ । सुँगुरले बनाएको चित्रका लागि उक्त रकम स्पेनका एक जना व्यक्तिले खर्च गरेका हुन् ।

सुँगुरले बनाएको चित्रलाई पिगास्सो नाम दिइएको छ । अहिलेसम्म यो सुँगुरले करीब ८० लाख रूपैयाँ बराबरको पिगास्सो बनाइसकेको छ । यो सुँगुरले बेलायती राजकुमार ह्यारी र महारानी एलिजावेथको समेत पेन्टिङ बनाइसकेको छ ।

यसरी सुँगुरको ज्यान बचाउने महिला जोने लेफसन हो । लेफसन र पिग्कासो दक्षिण अफ्रिकामा बस्छन् ।

प्रतिक्रिया दिनुहोस्