Logo

सुतेकै स्थानबाट खाटसहित बेपत्ता भएका झा दम्पतीको घटनामा संलग्न ४ जना पक्राउ



Spread the love

८ चैत, महोत्तरी । महोत्तरीमा सुतेकै स्थानबाट बेपत्ता भएका झा दम्पतीको घटनाका ४ जना संदिग्ध प्रहरीले सार्वजनिक गरेको छ ।

महोत्तरीको पिपरा गाउपालिका पाँचका मुसाफिर झा र उनका श्रीमती गितादेवीको अपहरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकाहरूमध्ये पिपरा गाउपालिका पाँचका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव र २४ वर्षका राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुर रहेका छन् ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । झा दम्पतीको गत फागुन १० गते राति अपहरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्