Logo

सडक दुर्घटनामा १२ जनाको मृत्यु, दर्जनौं घाइते



Spread the love

८ चैत, एजेन्सी । बंगलादेशको राजधानी ढाकाबाट १०१ किलोमिटर टाढा रहेको बङ्गलादेशको मध्य फरीदपुर जिल्लामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ ।

एक राजमार्ग प्रहरी अधिकारी मोहम्मद रसेलले घटनाबारे पुष्टि गर्दै भने, ‘फरीदपुरमा आइतवार बिहान दुई अलग ठाउँमा भएका दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।’

त्यसैगरी शनिबार दिउँसो ढाकाबाट उत्तरपश्चिमी क्षेत्रमा बोगुरा जिल्लामा दुईवटा बस उक अपसमा ठक्कर खाँदा कम्तिमा चार व्यक्तिको मृत्यु भएको थियो र १० जना घाइते भएको स्थानीय विपत् व्यवस्थापन सेवा तथा सुरक्षा कार्यालयका अधिकारी रतन हुसेनले बताए ।

बङ्गलादेशमा दुर्गम भूगोल कमजोर राजमार्ग सेवा,पूराना सवारी साधनको प्रयोग र चालकहरूले ट्राफिक नियमको उल्लंघन र ट्राफिक विभागको अनुगमनको अभावका कारण बर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । बङ्गलादेश विश्वमा सडक दुर्घटनाका कारण उच्च मृत्यु दर रहेको मुलुकमध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस्