Logo

धेरै राम्री हुन सर्जरी गरेकी मोडलको नाक कुहिन थालेपछि…



Spread the love

४ चैत, एजेन्सी । सुन्दरता बढाउन कस्मेटिक सर्जरी गरेकी एक टिभि स्टार अहिले तनावमा छिन् । केही वर्षअघि थप सुन्दर हुन कस्मेटिक सर्जरी गरेकी उनको बिस्तारै नाक कुहिँदै जान थालेपछि उनको तनावले ठूलो रूप लिएको हो ।

२९ वर्षिया टिभी स्टार अनास्तासिया बालिन्स्कायाले आफ्नो बिग्रँदो अनुहारको फोटो इन्स्टाग्राममा पोस्ट गर्दै अर्को सर्जरीका लागि सहयोगको याचना गरेकी छिन् ।

उनका स्न्स्टाग्राममा १ लाख ५३ हजार भन्दा धेरै फलोअर्स छन् । उनले केही वर्षअघि रूसको चर्चित रियालिटि शो ‘हाउस २’मा पनि काम गरेकी छिन् ।

उनले इन्स्टाग्राममा आफ्नो नाक बिस्तारै ठुलो हुँदै र कुहिँदै गएको उल्लेख गरेकी छिन् ।

अनास्तासियाले डाक्टरको भनाइ उद्धृत गर्दै यदी नाक बचाउने हो भने २ महिनाभित्र सर्जरी गर्नुपर्ने पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्