Logo

माओवादीले माग्यो ओलीको राजीनामा



Spread the love

३ चैत, काठमाडौं । सर्वाेच्च अदालतले संसद व्यूँताइदिएपछि नेकपा माओवादी केन्द्रको आज बसेकाे संसदीय दलको पहिलो बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ ।

माओवादीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा नगर्नेबारे भने कुनै निर्णय गरिसकेको छैन। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका नेता वर्षमान पुनले सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री ओलीले पदमा रहने नैतिक अधिकार गुमाइसकेकाले तत्काल राजीनामा दिनुपर्ने बताए।

त्यस्तै, एमालेमा लागेका पूर्वमाओवादीसँग वार्ताका लागि बैठकले तीन सदस्यीय कार्यदल बनाएको छ । सो कार्यदलमा नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गरूङ रहेका छन् ।

त्यस्तै बैठकले प्रचण्डलाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय भएको पुनले बताए । बैठकमा संसदीय दलका नेता प्रचण्डले राजनीतिक घटनाक्रममा बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्