Logo

माधव नेपाल समूहले आज पत्रकार सम्मेलन गर्दै



Spread the love

३ फागुन, काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल समूहले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ।

सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता र बुधबार र बिहीबार काठमाडौंमा आयोजना गरिने राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिन एमाले वरिष्ठ नेता माधव नेपाल समूहले आज पत्रकार सम्मेलन गर्दै छ।

बानेश्वरस्थित अर्याल होटलमा माधवसमूहका केन्द्रीय सदस्य र सांसदहरुको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो। सोहि भेलाका सन्दर्भमा मंगलबार दिउँसो दुई बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्