Logo

ओलीले गरेको प्रस्ताव प्रचण्डले गरे बेवास्ता



Spread the love

२ चैत, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । उनले सोमबार भेट्ने प्रस्तावसहित फोन गरेको बताइएको छ ।

सोमबार एमालेका ओली समूह र माधव नेपाल समूहबीच भेटवार्ता भएको थियो । तर, उक्त वार्ता बिना निष्कर्ष टुंगिएपछि उनले प्रचण्डलाई भेट्ने प्रस्ताव सहित फोन गरेको बताइएको छ ।

तर, प्रचण्ड भने ओलीको कुरामा अनिच्छुक देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्