Logo

निर्मला पन्तको हत्यामा गृहमन्त्री रामबहादुर थापाकै संलग्नता रहेको आरोप



Spread the love

२ चैत, काठमाडाैँ । लेखक तथा सामाजिक अभियन्ता खगेन्द्र संग्राैलाले निर्मला पन्तको बलाकार पछि हत्यामा रामबहादुर थापा ‘बादल’को संलग्नता भएको आरोप लगाएका छन् ।

सोमबार फेसबुकमा एउटा स्टाटस लेख्दै उनले गृहमन्त्री थापामाथि यो गम्भीर आरोप लगाएका हुन् । संग्राैलाले फेसबुकमा लेख्दै निर्मला पन्तको हत्यामा बादलकै संलग्नता भएको ठोकुवा गरेका छन् ।

‘निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा ‘बादल’ को संम्लग्नताले उनी निरिह बने ।’, उनले लेखेका छन्, ‘उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई । धेरै कुरा समयक्रममा खुल्दै जाने छ ।’

२०७५ साल साउन १० गते साथीको घर जाने भनेर घरबाट निस्किएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना अझै रहस्यमय नै छ । प्रहरीले अनुसन्धान गरिरहेको बताएता पनि घटनाका दोषी अझै पत्ता लागेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्